०३ साउन २०८३, आइतबार

कमल रिजाललाई आध्यात्मिक पत्रकारिता सम्मान

भदौ ३१, २०८०
काठमाडौं
कमल रिजाललाई आध्यात्मिक पत्रकारिता सम्मान

आध्यात्मिक लेखक, स्तम्भकार तथा सञ्चारकर्मी कमल रिजाललाई ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान-२०८०’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले प्रदान गर्दै आएको सम्मान यसपटक धादिङका लेखक रिजाललाई दिइने भएको हो । 

यो सम्मान उनलाई आगामी असोजमा प्रदान गरिने शब्दयात्रा प्रकाशनले जनाएको छ । गोरखापत्रको प्रधान सम्पादक भइसकेका रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् । आध्यात्मिक लेखक तथा सञ्चारकर्मी रिजाल लोकान्तरका नियमित स्तम्भकारसमेत हुन् ।

शब्दयात्रा प्रकाशनले हरेक वर्ष विभिन्न व्यक्तिहरूलाई सम्मान, पुरस्कार र  छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

सम्मान कोषको व्यवस्थापन काभ्रेपलान्चोक धुलिखेलका समाजसेवी सुदर्शन आचार्यले गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्