०२ असार २०८३, मंगलबार

पूर्वपश्चिम राजमार्गमा बम विस्फोट, सडकको आधा खण्ड भत्कियो

भदौ ३१, २०८०
काठमाडौं
पूर्वपश्चिम राजमार्गमा बम विस्फोट, सडकको आधा खण्ड भत्कियो

बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा बम विस्फोट भएको छ । राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ नजिकैको राजमार्गमा गएराति बम विस्फोट भएको हो । 

विष्फोटबाट सडकमा क्षति पुगेको छ । सडक भत्किएका कारण एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

तत्कालीन द्वन्द्वमा जमिनमुनि रहेको बम पड्किएको हुनसक्ने प्रहरीको आशंका छ ।

नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । टोलीले द्वन्द्वकालमा छाडिएको बम विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्