०६ साउन २०८३, बुधबार

हिमालयन बैंकले सञ्चालनमा ल्यायो रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर

भदौ ३१, २०८०
काठमाडौं
हिमालयन बैंकले सञ्चालनमा ल्यायो रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर

​​​​​​हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

सैनिक कल्याणकारी कोषद्वारा संचालित भद्रकालीस्थित पेट्रोल स्टेसनमा यही भदौ २७ गते बुधवारबाट डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।​

बैंकका अनुसार स्टेशनसँग भएको सम्झौताअनुसार काउन्टर संचालनमा ल्याइएको हो ।

null

अब सो काउन्टरमा ग्राहकहरूले विभिन्न बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको ‘नेपाल पे क्यूआर’ तथा सबै बैंकबाट जारी भएको एटीएम कार्डमार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् । 

साथै भुक्तानी प्राप्त भए पश्चात् भ्वाइस मेसिन तथा एसएमएसमार्फत क्रेता तथा बिक्रेताले भुक्तानीसम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्जवल राजभण्डारी तथा कोषका सहायक रथी किरण केसीले एक समारोहबीच बैंक र कोषका उच्चपदस्थ कर्मचारीहरूको उपस्थितिमा उक्त काउन्टरको संयुक्तरुपमा उद्‌घाटन गरेका बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्