
नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'ले एकको डबल अफर सार्वजनिक गरेको छ।
असोज ३ र ४ गते सञ्चालन हुने 'अल्टिमा अनलाइन मेला'लाई केन्द्रित गरेर अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै अल्टिमा अनलाइन मेला सञ्चालन गर्न लागेको हो ।
बिहान ९ देखि ११ र साँझ ६ देखि राति ८ बजेसम्म एउटा अल्टिमा एटम ५२० वा एटम ३२० एयरबर्डस खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड नि:शुल्क प्रदान गर्ने व्यवस्था कम्पनीले गरेको छ ।
कम्पनीका अनुसार अन्य अल्टिमाका ग्याजेडहरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ।
अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न फर ल्याइएको आइएमई पेका सीईओ प्रवीन रेग्मीले जानकारी दिएका छन् ।