०५ साउन २०८३, मंगलबार

न्युयोर्क पुगे प्रधानमन्त्री प्रचण्ड

भदौ ३१, २०८०
काठमाडौं
न्युयोर्क पुगे प्रधानमन्त्री प्रचण्ड

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ अमेरिका पुगेका छन् ।​

न्युयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रचण्डलाई स्वागत गरेका छन् । प्रधानमन्त्री प्रचण्ड भोलिदेखि नै विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । 

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर प्रचण्ड असोज ५ गते अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ । नेपाली टोलीको प्रतिनिधित्व गर्दै प्रचण्ड शनिवार साँझ अमेरिका प्रस्थान गरेका थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्