१० साउन २०८३, आइतबार

६० केजी सुन प्रकरण : २०७९ साउनदेखि नै हुन्थ्यो मोटरसाइकल पार्ट्समार्फत तस्करी

भदौ ३१, २०८०
काठमाडौं
६० केजी सुन प्रकरण : २०७९ साउनदेखि नै हुन्थ्यो मोटरसाइकल पार्ट्समार्फत तस्करी
फाइल फोटो

हङकङबाट २०७९ साउनदेखि नै सुन तस्करी हुने गरेको खुलासा भएको छ । 

६०.७१७ केजी सुन प्रकरणको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यस्तो तथ्य फेला पारेको हो ।

आज सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा हङकङबाट २०७९ साउन १४ गते रोशन लिम्बूले क्यारीअन ग्लोबल लजिस्टीकमार्फत ६६ केजीको मोटर पार्टस् पठाउने गरेको देखिएको बताइएको छ । 

सीआईबीका एसएसपी दिनेश आचार्यले हङकङ पुगेर गरेको अनुसन्धान प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको हो ।

प्रतिवेदनअनुसार उनीहरूले ३ जना सदस्य भएको वी च्याट ग्रुपमार्फत सूचना अदान–प्रदान हुने गरेको बताइएको छ । 

त्यो समान साढे ३ महिनामा नेपाल आएको देखिएको छ। एसएसपीले आचार्यले हङकङ गएर गरेका अनुसन्धानमा रोशन लिम्बूमार्फत मुख्य लगानी कर्ता मिस लीले सामान पठाउने गरेको खुलासा भएको हो । रोशनले त्यहाँबाट घडीलगायतका इलेक्ट्रिक सामानहरू पठाउने गरेको खुलेको छ ।

जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रका अनुसार हङकङको पार्केस स्ट्रीट नम्बर १–११ बाट सुन आउने गरेको देखिएको छ । त्यहाँबाट मिस लीको वी च्याट ग्रुपमा मिस्टर लीन नाम गरेका २ जना र अन्य ४ गरी ७ जनाको समूहले नेपालमा विभिन्न सामानमार्फत सुन पठाउने गरेको देखिएको छ । 

६०.७१६ केजी सुन तस्कर प्रकरणमा हर्कराज राईले रेडि ट्रेड प्रालिबाट ३ अर्ब ५० करोड २ लाख रुपैयाँ पैसा बाहिर पठाएको देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्