०९ साउन २०८३, शनिबार
प्रचण्डको अमेरिका भ्रमण

अमेरिका पुगेर प्रधानमन्त्रीले भने- विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिनेछ

असोज १, २०८०
काठमाडौं
अमेरिका पुगेर प्रधानमन्त्रीले भने- विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिनेछ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गरिने बताएका छन् । 

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क पुगेका प्रचण्डले पत्रकारहरूसँगको भेटमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका हुन् । 

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको भन्दै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताए । 

सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने उनको भनाइ थियो । 

सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनले बताए । सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उनले आरोप लगाए । 

प्रधानमन्त्री प्रचण्डले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्