
आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।
नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ ।