
काठमाडौं, ४ असोज – चलचित्र ‘फाटेको जुत्ता’ को गीत सार्वजनिक भएको छ । यसअघि आइ एम सरी बोलको गीत सार्वजनिक गरेको फिल्म युनिटले ‘चोली’ बोलको गीत सार्वजनिक गरेको हो ।
सौगात मल्ल र प्रियंका कार्कीको मुख्य अभिनय देख्न सकिने गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा ठमेल बजार गायिका मीना निरौला र शंकर थापाले स्वर दिएका छन् । गीतमा डिपी खनालको शब्द रहेको छ ।
कामेश्वर चौरासिया, सौगात मल्ला, रविन्द्र झा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन कुमारले निर्माण गरेको फिल्ममा निरोज महर्जनको कथा छ ।
चलचित्र आउँदो कार्तिक १७ बाट प्रदर्शन हुँदैछ ।