असोज ४, २०८०
सरकार र विद्यालय शिक्षा विधेयकको विरोधमा दुई दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरुबीच वार्ता जारी रहेको छ । गृह मन्त्रालयमा शिक्षकहरुको मागको विषयमा साँझदेखि वार्ता चलिरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ...
राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनहरूले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् ।
नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसदमा दर्ता गरेको थियो । उक्त विधेयकमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धमा विद्यमान विधेयकले बोर्डको साङ्गठनिक संरचना र कर्मचारी व्यवस्थापनमा समेत व्यापक हेरफेर गरेको छ । बोर्डअन्तर्गतका कर्मचारी सङ्घ नेपाल, कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी सात बुँदे माग प्रस्तुत गरेका छन् ।
ती सङ्गठनले बोर्डको पूर्ण स्वायत्तता (संरचना, कर्मचारी व्यवस्थापन र स्रोत व्यवस्थापनमा सम्पूर्ण अधिकार हुने गरी) कायम हुनुपर्ने, कार्यरत अस्थायी प्रकृतिका कर्मचारीको स्थायित्वसम्बन्धी प्रक्रिया अगाडि बढ्ने गरी व्यवस्था हुनुपर्ने, कार्यरत सम्पूर्ण कर्मचारीलाई मर्का नपर्ने गरी साविकको पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सुनिश्चित हुनुपर्ने, पदेन सदस्यबाहेक बोर्डका अन्य सदस्यको मनोनयन गर्ने अधिकार बोर्डमै निहित हुनुपर्ने माग अघि सारेका छन् ।
यस्तै बोर्डको अध्यक्षको नियुक्ति शिक्षा ऐन, २०२८ (आठौ संशोधन)ले व्यवस्था गरेबमोजिम हुने गरी ऐनमा व्यवस्था हुनुपर्ने, सदस्य–सचिव बोर्डको वरिष्ठतम् अधिकृतमध्येबाट मात्र हुनुपर्ने, हाल रहेका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय यथावत रहनुपर्ने माग गरिएको छ । सङ्गठनका अध्यक्ष प्रकाश अवाले, युनियनका अध्यक्ष राजु ओलिया र सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उक्त माग पूरा गराउन आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
माग पूरा नभए यही असोज ५ गतेदेखि ७ गतेसम्म बोर्डको केन्द्रीय कार्यालय र प्रदेश तथा शाखा कार्यालयमा विभिन्न विरोधका कार्यक्रम गर्ने जनाइएको छ ।
सरकार र विद्यालय शिक्षा विधेयकको विरोधमा दुई दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरुबीच वार्ता जारी रहेको छ । गृह मन्त्रालयमा शिक्षकहरुको मागको विषयमा साँझदेखि वार्ता चलिरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ...
सरकार र राजधानीमा तीन दिन आन्दोलन गरेको शिक्षक महासंघबीच ६ बुँदे सहमति भएसँगै सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । यससँगै अब आइतबारदेखि देशभरका सामुदायिक विद्यालयमा निर्वाधरुपमा पठनपाठन सुरु हुने अप...
हुम्लाको नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधनको माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय बन्द...
रुपनी जीएम वरिपरि सानासाना नानीहरू, तीनै नानीहरूको बीचमा बसेर क, ख, ग, घ र १, २, ३, ४ सिक्दै गरेकी दुजीकुमारी ओली । उमेरले उनी ५० वर्ष नाघिसकेकी छिन् । हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने श...
सरकारसँग ६ बुँदे सहमति गर्दै स्थायी शिक्षकहरू विद्यालय फर्किए पनि राजधानीका सडकमा अझै आन्दोलन चलिरहेको छ । राहत शिक्षक, बाल विकास शिक्षक, पेन्सन वञ्चित शिक्षक, विद्यालय कर्मचारी संघ र उच्च माध्यमिक तह शिक्षक सं...
बागलुङको नेपाल माध्यमिक विद्यालयलाई दक्षिण कोरियाली सरकारले सहयोग गर्ने भएको छ । विद्यालयको स्तर उन्नतीका लागि नेपाल सरकार र दक्षिण कोरियाली प्रतिनिधि मण्डलबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा एक सम्झौता ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...