२७ जेठ २०८३, बुधबार

विद्यालय बन्द घोषणा गरेका शिक्षकहरूलाई सरकारले वार्तामा बोलायो

असोज १, २०८०
काठमाडौं
विद्यालय बन्द घोषणा गरेका शिक्षकहरूलाई सरकारले वार्तामा बोलायो

विद्यालय बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक महासंघलाई सरकारले वार्तामा बोलाएको छ । 

संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मंगलबार वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको हो । 

मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत शिक्षामन्त्रीको संयोजकत्वमा मंगलबार दिउँसो ३ बजे वार्ता राखिएको भन्दै सहभागी हुन नेपाल शिक्षक महासंघलाई आग्रह गरेको छ । 

नेपाल सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको र सो विधेयकलाई अन्तिम रुप दिनु अघि नेपाल शिक्षक महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको मन्त्रालयले जनाएको छ ।  महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथासक्य विधेयकमा समावेश गरिएको मन्त्रालयले स्पष्ट गरेको छ ।  

नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको विज्ञप्तिमा उल्लेख छ । महासंघले अघि सारेका मागहरूलाई सकारात्मक रुपमा लिई यथोचित सम्बोधन गर्न सरकार तयार रहेको विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्