१२ साउन २०८३, मंगलबार

अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

असोज १, २०८०
काठमाडौं
अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

गृह मन्त्रालयबाट जारी ’प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ । जारी निर्देशिकाअनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन । 

साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ । 

कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा बिचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भइसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा लेखिएको छ ।

यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिक मर्कामा परेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्