
पर्साको वीरगंज महानगरपालिका १६ नगवास्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले सो मू्ल्य बराबरको १० बोरा लत्ताकपडा बरामद गरेको हो ।
भारतबाट अबैध रुपले १० वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्ति भने टाढैबाट सुरक्षा फौजलाई देख्नासाथै सोही ठाउँमा लत्ताकपडा छाडी साईकल लिई फरार भएका थिए ।
बरामद लत्ताकपडा वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।