३२ असार २०८३, बिहीबार

१० हजार रुपैयाँ घुससहित पक्राउ परेका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असोज २, २०८०
काठमाडौं
१० हजार रुपैयाँ घुससहित पक्राउ परेका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नापी कार्यालय, लहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गत भदौ ६ गते १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार यादवले जग्गाधनी पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।

आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित रङ्गेहात पक्राउ गरेको थियो ।

१० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्