असोज ६, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका बालकृष्ण खाँणलाई भेटेका छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा शनिवार बिहान ९ बजे शेखरले खाँ...
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आवश्यकता पहिचान र निश्चित आधारबिना आफ्नो पार्टीलाई संविधान संशोधन स्वीकार्य नरहेको बताएका छन् ।
आज जनकपुरधाममा आयोजित ‘नेपालको संविधान निर्माणमा कमरेड सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा उपाध्यक्ष पोखरेलले संविधान संशोधनको आवश्यकता पुष्टि भए एमालेले त्यसमा सहयोग गर्ने स्पष्ट पारे। “संविधान संशोधन हुन्छ तर त्यसको आवश्यकता पहिचान र औचित्य पुष्टि हुनुप¥यो”, पोखरेलले भने, “तर आवश्यकता र आधारबिना देशलाई क्षति हुने संविधान संशोधनको कुरा नेकपा एमालेलाई स्वीकार्य हुँदैन । त्यसको पक्षमा पार्टी छैन ।”
त्यसैगरी उनले प्रदेश र स्थानीय तहको अधिकारका सवालमा नमिलेका कुरा मिलाउन भने संविधान संशोधन गर्न एमाले तयार रहेको बताए । संविधानसभा अध्यक्ष स्व नेम्वाङले नेपाली राजनीति र संविधान निर्माणमा खेलेको भूमिकाबारे जति चर्चा गरे पनि अपूरो हुने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा छ सय एक जनप्रतिनिधि र भिन्न पृष्ठभूमिका राजनीतिक दललाई मिलाएर संविधान जारी गर्न नेम्वाङको अतुलनीय योगदान रहेको स्मरण गरे ।
“देशलाई अनिश्चितताको भूमरीबाट जोगाउन स्व नेम्वाङले खेलेको भूमिकाकै कारण नेपालमा गणतान्त्रिक नेपालको संविधान जारी भएको हो । नब्बे प्रतिशतभन्दा बढी संविधानसभा सदस्यलाई सहमतिमा ल्याएर संविधान निर्माणलाई अन्तिम रूप दिनुभएका नेम्वाङको निधनले नेपाली राजनीति र हाम्रो पार्टीलाई अपुरणीय क्षति भएको छ”, पोखरेलले भने ।
कार्यक्रममा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले स्व नेता नेम्वाङले विभिन्न पृष्ठभूमिका राजनीतिक दललाई सहमतिमा ल्याउन र संविधान जारी गर्न नदिने षड्यन्त्र परास्त गर्न खेलेको भूमिका सधैँ स्मरणीय रहेको बताए । रासस
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका बालकृष्ण खाँणलाई भेटेका छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा शनिवार बिहान ९ बजे शेखरले खाँ...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् । समाजवादी पेसागत कानून व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्&zwnj...
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले ‘विदेशी सहयोगमा पहिचानको आन्दोलन भइरहेको’ आरोप लगाएका छन् । शनिवार विराटनगरमा आयोजित कार्यक्रममा उनले पहिचानको आन्दोलनलाई जबरजस्ती उठाइएकोसमेत बताए । &...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् । नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्...
सत्तारुढ दलसँग यसअघि भएको सहमतिअनुसार सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा (एमाले)का नेताहरू सिंहदरबार पुगेका छन् । एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट...
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा जातीय र धार्मिक सद्भाव खल्बलाउने संकेत देखा पर्न थालेको बताएका छन् । धार्मिक सहिष्णुता बिग्रने गरी देशका केही स्थानमा संकेतहरू देखा पर्न थाल्नु गम्भीर ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...