![न्यायपरिषद्ले गर्यो परीक्षाबिनै ३६ जिल्ला न्यायाधीशकाे नियुक्ति [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nyaya_parisad_OuiCZelkbq_dvYhqmUYt3.jpg)
प्रतिस्पर्धा गराउँदा नभेटिएपछि न्यायपरिषद्ले ३६ जना जिल्ला न्यायाधीशको नियुक्त गरेको छ।
जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एकजना मात्र उत्तीर्ण भएपछि परिषद्ले बाँकी परीक्षाबिना नै नियुक्त तथा पदस्थापन गरेको हो ।
नियुक्तिको परीक्षामा सहभागी २११ जनामध्ये न्याय सेवाका कर्मचारी पारसमणि पोखरेल मात्र उत्तीर्ण भएका थिए । यसपछि कानून अधिकृत, स्रेस्तेदार, रजिष्टार र कर्मचारीलाई सिधै जिल्ला न्यायाधीशमा पदस्थापन गरिएको हो ।
मंगलवार बसेको न्यायपरिषद्को बैठकले नियुक्तिसँगै १९ न्यायाधीशहरूको सरुवा पनि गरेको छ । उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा गरिएको हो ।