२३ असार २०८३, मंगलबार

भदौ ३१ मा शुरू भएको सेनाको लिगल सेमिनार मंगलवार सकियो

असोज ३, २०८०
काठमाडौं
भदौ ३१ मा शुरू भएको सेनाको लिगल सेमिनार मंगलवार सकियो

नेपाली सेनाको सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा गत भदौ ३१ गतेदेखि जङ्गीअड्डामा आयोजित लिगल सेमिनार–२०८० को आज प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका छन् ।

नेपाली सेनामा कार्यरत कानुन अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको सेमिनारको बलाध्यक्ष रथी सीताराम खड्काले शुभारम्भ गरेका थिए ।

तीन दिवसीय सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्वन्यायाधीश, सेना प्राड विवाकका पूर्वप्रमुखलगायतका विषय विज्ञहरुबाट सम्बद्ध विषयमा प्रस्तुतीकरण भएको थियो ।

मंगलवार आयोजित समापन समारोहमा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले कानून अधिकृतहरूले आफूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही सम्पादन गर्न निर्देशन दिएका थिए । समापनमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्