०१ असार २०८३, सोमबार

रामवरणको गाउँमा चम्कियो उपेन्द्रको मसाल, बागीले कांग्रेसमा बबाल !

कात्तिक २०, २०७४
रामवरणको गाउँमा चम्कियो उपेन्द्रको मसाल, बागीले कांग्रेसमा बबाल !

धनुषा, ४ असोज - धनुषाको लक्ष्मीनिया गाउँपालिका संघीय समाजवादी फोरम उकालो लागेको छ । हालसम्मको मतगणना अनुसार मेयर पदमा संघीय समाजवादीका उम्मेदवार एक नम्बरमा रहेका छन् । एमाले दोस्रो नम्बर छ । कांग्रेस भने तेस्रो नम्बरमा रहेको छ ।

लक्ष्मीनिया पूर्व राष्ट्रपति रामवरण यादवको गाउँ हो । अहिले पनि सो ठाउँमा रामवरणकै छोरा चन्द्रमोहन यादव कांग्रेसको तर्फबाट सांसद रहेका छन् । फोरमका विन्देश्वर यादवले मेयरमा अग्रता कायम गरेका छन् । कांग्रेस उम्मेदवार कुमारकान्त झा चाहिँ तेस्रो स्थानमा रहेका छन् ।

तुलनात्मक रुपमा बलियो मानिएको कांग्रेस सुरुवाती अवस्थामा कमजोर देखिएको छ । कांग्रेसका झालाई बागी उम्मेदवार शमीर यादवले अप्ठ्यारोमा पारेका छन् । शमीर अहिलेकी राष्ट्रपति विद्यादेवि भण्डारीका भतिज हुन् । बर्तमान राष्टपति भण्डारी र पूर्व राष्ट्रपति यादवको परिवारबीच नाता पर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्