
सशस्त्र प्रहरी बल नेपालले गएराति २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्दार गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ कटुवाल दहस्थित बाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० बर्षका रामबहादुर लामाको उद्दार गरिएको हो ।
पानीको बहाब कम भएको बेला नदी पारि गएका लामा बहाब बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । सोबारे खबर प्राप्त भएपश्चात् सशस्त्रको नम्बर २० बिपद् उद्दार उपत्यका गणबाट गोताखोर सहितको ९ जना र नम्बर १८ निलबाराही गण कीर्तिपुरबाट गएको १५ जना सहितको सुरक्षाफौजले रातको समयमा उनको सकुशल उद्दार गरेको हो हो ।
मोटरबोटसहित गएको फौजले रोप रेस्क्यू र अन्य विधिको प्रयोग गरी उद्दार गरेपश्चात् लामालाई आफन्तको जिम्मा लगाइएको सशस्त्रका सहायक प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।