२६ जेठ २०८३, मंगलबार

विद्यालय बन्द नगर्न काठमाडौं महानगरको आग्रह, पठनपाठन प्रभावित भए कारबाही गर्ने चेतावनी

असोज ३, २०८०
काठमाडौं
विद्यालय बन्द नगर्न काठमाडौं महानगरको आग्रह, पठनपाठन प्रभावित भए कारबाही गर्ने चेतावनी

काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ । 

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन  शुरू भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

उनले भने, “विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ ।”

महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ ।

आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने प्रवक्ता मानन्धरले बताए ।

यसअघि पनि काठमाडौं महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्