०४ असार २०८३, बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्प र कतारका राजाबीच भेटवार्ता, नाकाबन्दी खुल्ला

कात्तिक २०, २०७४
अमेरिकी राष्ट्रपति ट्रम्प र कतारका राजाबीच भेटवार्ता, नाकाबन्दी खुल्ला

वासिङ्टन, ४ असोज - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावका बारेमा सो भेटवार्ता केन्द्रित भएको बताइएको छ । 

कतारमाथि पछिल्लो समयमा उसका छिमेकी देशहरुले नाकाबन्दी लगाएका छन् । उनीहरुले आफ्नो आकासमा कतार एरवेजलाई उड्न पनि दिएका छैनन् । 

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुभएका कतारका राजा थानी र अमेरिकी राष्ट्रपतिबीच सो भेटवार्ता भएको बताइएको छ । 

भेटवार्ताका क्रममा कतारका राजाले आफ्नो देशमा लगाइएको नाकाबन्दीका साथै अन्य कूटनीतिक समस्याका कारण उत्पन्न भएको असहज परिस्थितिको बारेमा जानकारी दिनुभएको थियो । 

सो क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समस्याको समाधान चाँडै हुने आश्वासन दिनुभएको बताइएको छ । 

कतारका राजा थानीले आफ्नो देशमा देखिएको समस्याको अवगत गराउनुका साथै उक्त समस्याको समाधानका लागि अमेरिकाले मध्यस्थता गरिदिनुपर्ने आग्रह गर्नुभएको थियो । 

सो भेटका क्रममा अमेरिकाले जारी राखेको आतङ्कवादविरोधी अभियानमा कतारले पनि सघाउनुपर्नेमा जोड दिनुभएको र यस विषयमा दुवै देश मिलेर कामगर्ने विषयमा समझदारी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

गत जुन महिनाको ५ तारिखदेखि साउदी अरेबिया नेतृत्वमा कतारका छिमेकी देशहरुले कतारलाई कूटनीतिक रुपमा एक्लाउने काम गरेका छन् । उनीहरुले कतारसँगको कूटनीतिक सम्बन्ध पनि एक पक्षीयरुपमा तोडेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्