×

NMB BANK
NIC ASIA

६ जना मृतावस्थामा फेला

काठमाडाैं | असोज ३, २०८०

NTC
Premier Steels

 देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार     पर्साको जगरनाथपुर गाउँपालिका-५ मसियानी बस्ने ४५ वर्षीया कान्ती देबी मुखिया बिन आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

Muktinath Bank

कपिलवस्तुको यसोधरा गाउँपालिका-१ ठुलो पकडी बस्ने २२ वर्षीया नसिमा खातुन पनि आफ्नै घरको बरन्डामा रहेको खाटमा मृत अवस्थामा फेला परेकी छिन् । प्रहरी चौकी तुल्सिपुरबलुहवा र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले मृतकका श्रीमान् सहित ५ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-२ थापागाउँ बस्ने ९७ वर्षीया भक्त कुमारी थापा सोही गाउँपालिका-२ कोईराला टारस्थित खोल्सामा मृत अवस्थामा फेला परेकी छिन् । गत भदौ २८ गते दिउँसो आफ्नै घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 


Advertisment
Nabil box
Kumari

बाँकेको जानकी गाउँपालिका-४ ढुढुवारस्थित बाटो छेउको नालीमा खजुरा गाउँपालिका-७ गुनाना बस्ने २० वर्षीया माया कुमारी कुम्हार पनि बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

Vianet communication

धादिङको निलकण्ठ नगरपालिका-१० बस्ने ६१ वर्षीय यम बहादुर खनाल सोही नगरपालिका-११ ज्यामरुङ कालीमाटी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो घरबाट हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । 

यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजार सभाहलमा अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x