०१ असार २०८३, सोमबार

काभ्रेको मण्डनदेउपुरका कर्मचारीलाई आज 'थकित बिदा'

असोज ४, २०८०
काठमाडौं
काभ्रेको मण्डनदेउपुरका कर्मचारीलाई आज 'थकित बिदा'

सरकारले विभिन्न चाडपर्वमा सार्वजनिक बिदा दिँदै आएको छ । समय सन्दर्भ र कुनै व्यक्तिको निधनमा समेत सरकारले शोक बिदा दिन्छ । 

संघीय सरकारसँगै स्थानीय सरकारले समेत विभिन्न सन्दर्भमा सार्वजनिक बिदा दिँदै आएका छन् । जेमा पनि सार्वजनिक बिदा दिने चलन बढेको भन्दै आलोचना समेत हुने गरेको छ । 

तर, स्थानीय सरकारले विभिन्न बहानामा बिदा दिन भने छोडेका छैनन् । 

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज अनौठो बिदा दिएको छ । नगरपालिकाले कर्मचारी थकित भएको भन्दै आज (बिहीवार) सार्वजनिक बिदा दिएको हो । 

नगरपालिकाले बुधवार सूचना प्रकाशित गरी आज सार्वजनिक बिदा दिएको हो ।

संविधान दिवसको अवसरमा नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने क्रममा तीन दिन लगातार काममा खटिँदा कर्मचारी थकित भएको नगरपालिकाको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाको मेयर टोकबहादुर वाइबा छन् । स्थानीय तह निर्वाचनमा उनी नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेका थिए ।

हेर्नुहोस् सूचना

null

salt training

कमेन्ट गर्नुहोस्