३१ जेठ २०८३, आइतबार

उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाले दियो एक लाख पुरस्कार

असोज ४, २०८०
खोटाङ
उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाले दियो एक लाख पुरस्कार

खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । 

गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसईई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक/एक छात्रछात्रालाई एक लाखका दरले पुरस्कार वितरण गरिएको हो । 

थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई एक लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै थर्पुडाँडा मावि सप्तेश्वरका सुजन कार्की र पृथ्वी मावि बाक्सिलाका आलोक राईलाई जनही ५० हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए ।  

गत वर्ष एसइईमा उत्कृष्ट अङ्क ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राइ र पृथ्वी मावि बाक्सिलाकी युनिशा राईलाई एक लाख प्रदान गरिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसईईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने छात्रछात्रालाई नगद पुरस्कार दिँदै आएको छ । 

गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन् । उनलाई दश हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । बुहारी शिक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिले दश बुहारीलाई निःशुल्क पढाइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्