२३ असार २०८३, मंगलबार

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि 'लाइभ' हुने

असोज ४, २०८०
काठमाडौं
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि 'लाइभ' हुने

नेपाली कांग्रेसले आज (बिहीबार)बाट शुरू हुने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । आजको बैठक पनि लाइभ गर्न लागिएको केन्द्रीय कार्यालका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

कांग्रेसले यसअघि गत साउनमा बसेको केन्द्रीय समिति बेठक पनि लाइभ गरेको थियो । ‘हामीले पहिले पनि बैठक लाइभ गरेका थियौं । आजबाट शुरू हुने बैठक पनि लाइभ हुन्छ,’ पौडेलले लोकान्तरसँग भने । 

केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । 

आगामी मंसिर १३ देखि १५ गतेसम्म कांग्रेसको महासमिति बैठक बस्दैछ । यसै बैठकको एजेण्डा तय गर्न कांग्रेसको बैठक बस्न लागेको हो । 

बैठकमा समसामयिक राजनीति, सरकारको कार्यसम्पादन, पार्टीका आन्तरिक संरचनासहितका विषयमा छलफल हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्