२४ जेठ २०८३, आइतबार

अभ्यासका क्रममा ललित राजवंशी घाइते, एसियाली खेलकुद गुमाउने

असोज ४, २०८०
काठमाडौं
अभ्यासका क्रममा ललित राजवंशी घाइते, एसियाली खेलकुद गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भै रहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा राजवंशी घाइते भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी)मा चोट लागेको छ । उनको आज (बिहीबार) शल्यक्रिया गरिँदै छ । शल्यक्रिया पश्चात उनी कम्तिमा पनि ८/९ हप्ता मैदान बाहिर हुनेछन् । उनले एसियन गेम्स गुमाउने छन् । 

राजवंशीको अभावले नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य गुमाउने छ । 

१९ औं एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बर देखी ८ अक्टोबर सम्म चीनमा हुँदैछ । एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा भाग लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्