०६ असार २०८३, शनिबार

‘वरदान सुर–सन्ध्या’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा

असोज ४, २०८०
काठमाडौं
‘वरदान सुर–सन्ध्या’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा

नेपाल सैनिक श्रीमती संघको आयोजनामा हुने ‘वरदान सुर–सन्ध्या’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । 

फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लबमा शुक्रवार हुने विशेष कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रममा विभिन्न ख्यातिप्राप्त कलाकारहरूले प्रस्तुति दिनेछन् । त्यसका लागि सबै टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्ट्यान्ड अप कमेडीका गुरु मानिने मनोज गजुरेलको प्रस्तुति रहनेछ । 

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन चर्चित अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काले पनि प्रस्तुति दिनेछन् । उक्त कार्यक्रममा सदाबहार सुन्दरीका नामले परिचित अभिनेत्री करिश्मा मानन्धरको पनि प्रस्तुति रहनेछ ।

null

सेवा नै परम् धर्म, सेवा नै परम् तप हो भन्ने आदर्श बोकेको श्रीमती संघले प्रबन्ध लिभेन्स स्टुडियोसँगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको निर्देशन एलिस कार्कीले गरेका छन् ।

सैनिक श्रीमती संघले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आएको छ ।

बलिउड कलाकार सोनाक्षी सिन्हालाई नेपालमा ल्याएर गरेको कार्यक्रमबाट संकलित रकम पनि एकीकृत वस्तीमा दिने कार्य सैनिक श्रीमती संघले गरेको थियो ।

सामाजिक सेवाका लागि रकम संकलन गर्ने र विविध क्षेत्रमा सक्रिय संघ संस्थालाई प्रदान गर्दै आएको सैनिक श्रीमती संघले जानकारी दिएको छ ।

गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि १४ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र कोषाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरेको थियो ।

त्यस्तै शीतलहरमा न्यानो कपडा वितरण, बहिरा विद्यालयमा खाद्यान्न र कपडा वितरण, अस्पतालमा स्वास्थ्य सामग्री वितरणलगायतका विभिन्न सामाजिक काममा श्रीमती संघको सक्रियता रहँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्