काठमाडौं, २७ पुस- पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबारबाट बाहिरिए पनि जनताप्रतिको जिम्मेवारीबाट पछि नहटेको बताएका छन् । उनले राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन आह्वान पनि गरेका छन् ।

२९५औँ पृथ्वीजयन्तीका अवसरमा मंगलबार सन्देश दिँदै पूर्वराजा शाहले दलहरूको नाम उल्लेख नगरी सार्वभौमसत्ता कमजोर पारेको, भौगोलिक अखण्डतामाथि प्रहार गरेको आरोपसमेत लगाएका छन् । उनी हाल थाइल्यान्डको राजधानी बैंककमा छन्, आजको नयाँ पत्रिकामा खबर छ |