११ असार २०८३, बिहीबार

चोरीको मोटरसाइकल सहित एकजना ट्राफिक  प्रहरीको नियन्त्रणमा

असोज ४, २०८०
काठमाडौं
चोरीको मोटरसाइकल सहित एकजना ट्राफिक  प्रहरीको नियन्त्रणमा

 चोरीको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्वनर नगरपालिका ७ दक्षिणढोकाबाट एक जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
 सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ३ का ३५ वर्षीय विनोद लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । सोलुखुम्बुको महाकुम्भ गाउँपालिका १ घर भई हाल काठमाडौंको मैतिदेवी बस्ने सुशिल कुमार राईले गत साउन १२ गते काठमाडौंको मैतिदेवी स्थित मन्दिर नजिकैबाट बागमती प्रदेश ०२–०२९ प १८५३ नम्बरको मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन दिएका थिए । 
वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२–०२२ प २५५६ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले लामालाई मोटरसाइकल सहित फेला पारी दक्षिणढोकाबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त मालिगाउँ पठाईएको छ ।

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छ्न ।   
 

salt training

कमेन्ट गर्नुहोस्