०९ असार २०८३, मंगलबार

नेपाललाई २० लाख अमेरिकी डलर सहयोगको घोषणा

असोज ४, २०८०
काठमाडौं
नेपाललाई २० लाख अमेरिकी डलर सहयोगको घोषणा

 अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को ‘डेमोक्रेसी डेलिभर्स’कार्यक्रमले नेपाललाई २० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । 

संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा आयोजित कार्यक्रममा विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युएसएआईडी प्रशासक सामन्था पावरले फोर्ड फाउन्डेसन तथा रकफेलर फाउन्डेसनसँगको साझेदारीमा नेपाल लगायत लोकतान्त्रिक रूपान्तरणको अनुभव गरिरहेका अन्य मुलुकमा लगानी गर्ने सम्बन्धमा परोपकारी तथा निजी क्षेत्रका साझेदारहरूसँग बैठक गर्नेक्रममा सो घोषणा भएको हो । 
उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । 

कार्यक्रममा युएसएआईडीले अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि नेपालले २० लाख अमेरिकी डलर प्राप्त गर्ने घोषणा गरेको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ  ।

लोकतान्त्रिक विकासका लागि युएसएआईडीले बहुवर्षीय आर्थिक सहायता उपलब्ध गराउन हालै युएसएआईडी नेपाललाई ६९ लाख अमेरिकी डलर पनि प्रदान गरेको थियो ।
युएसएआईडी नेपालका कार्यवाहक निर्देशक केरेन वेल्चले भने, ‘स्थानीय सुशासनलाई बलियो बनाउन र आफ्ना नागरिकका लागि सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नेपालको जारी प्रयाससँग मेल खाने गरी अतिरिक्त स्रोतलाई लगानी गरिनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्