सिरहा, ४ असोज - सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार गंगा पासवान ४३०९ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका रामदियाल महतो ३ हजार १९० मत ल्याए ।

यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञानुकुमारी श्रेष्ठ निर्वाचित भइन् । श्रेष्ठले ४३१३ मत पाएर विजयी भएकी हुन् । निकटतम् प्रतिद्धन्द्धी अञ्जु रार्इले २ हजार ९४५ मत ल्याइन् ।
सो नगरपालिकाको ११ वटा वडामध्ये ९ वटा वडामा माओवादी विजयी भएको छ ।
तेस्रो चरणको निर्वाचनमा माओवादीले नगरपालिका जित्दै खाता खोलेको हो ।