२९ जेठ २०८३, शुक्रबार

शान्ति प्रक्रियाको बाँकी काम सकिएको छैन : पूर्वमहामन्त्री सिटौला

असोज ४, २०८०
काठमाडौं
शान्ति प्रक्रियाको बाँकी काम सकिएको छैन : पूर्वमहामन्त्री सिटौला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताएका छन् । 

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले राजनीतिक दलका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाका बाँकी काम नसकिएको बताएका हुन् । 

नेता सिटौलाले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरेअनुरूपका काम अझै अधुरो रहेको बताए । राजनीतिक दल एकै ठाउँमा उभिएमा शान्ति प्रक्रियाका बाँकी काम सहजै समाधान हुने उनको भनाइ छ । 

“विस्तृत शान्ति सम्झौतामा हामीले उल्लेख गरेको सत्य निरूपण तथा मेलमिलाप आयोग गठन हुन्छ, बेपत्ताको छानबिन आयोग गठन हुन्छ, त्यसले अनुसन्धान गर्छ, त्यसले निष्कर्ष निकाल्छ, र द्वन्द्वपीडितले न्याय पाउँछन् भन्ने हाम्रो घोषणा हो, त्यो अहिलेसम्म पूरा हुन सकेको छैन”, उनले भने । 

उनले राजनीतिक दलहरू आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने धारणा राखे। रासस

salt training

कमेन्ट गर्नुहोस्