०९ साउन २०८३, शनिबार

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै

असोज ५, २०८०
काठमाडौं
एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै

१९औं एसियाडअन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयानुसार पौने १ बजे शुरू हुनेछ । 

पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ । पुरुष फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन ।

चीनको हान्झाउमा शनिबार औपचारिक उद्घाटन हुने १९औं एसियाडअन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरू यसअघि नै शुरू भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्