०५ साउन २०८३, मंगलबार

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा १० लाख जित्ने अवसर

असोज ५, २०८०
काठमाडौं
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा १० लाख जित्ने अवसर

डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद १ लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन् । 

यस्तै मिडिया कभरेज र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका समेत प्राप्त गर्नेछन् । 

जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

‘दशैं र तिहार जस्ता चाडपर्वमा वर्षौंदेखि हामीलाई साथ दिइरहनु भएका हाम्रा ग्राहकहरू समक्ष उत्कृष्ट मनोरञ्जन प्रदान गर्दै सुपरस्टार बन्ने रोमाञ्चक मौका प्रदान गर्न पाउँदा हामी उत्साहित छौं’ डिशहोमका प्रवक्ता रजत थापाले भने, ‘हामी आशा गर्छौ कि यो अभियानले उहाँहरूको पर्वमा थप चमक थप्नेछ ।’

सुपरस्टारको छनोट हरेक हप्ताको सोमवार डिशहोमको सोकेस, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबूक पेज र नेसनल टीभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

यो अभियान असोज १ गतेबाट सीमित अवधिको लागि नेपालभर लागू हुने डिशहोमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्