०२ असार २०८३, मंगलबार
शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलन

शिक्षक आन्दोलन माइतीघर केन्द्रित: बानेश्वर सुनसान, सवारी आवागमन भने प्रभावित

असोज ५, २०८०
काठमाडौं
शिक्षक आन्दोलन माइतीघर केन्द्रित: बानेश्वर सुनसान, सवारी आवागमन भने प्रभावित

शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै आन्दोलनरत शिक्षकहरू काठमाडौंको माइतीघरमा केन्द्रित भएका छन् । बुधबारदेखि नयाँ बानेश्वरसम्म पुग्ने गरेका उनीहरू आज (शुक्रबार) भने माइतीघरमै बसेका छन् । 

बानेश्वरतर्फ फाट्फुट्ट केही शिक्षक मात्रै पुगेर फर्किने गरेका छन् । बानेश्वतर्कको सडक खालीजस्तै देखिएको छ । शिक्षक आन्दोलनका कारण बानेश्वर माइतीघर सडकमा सवारी साधन भने चल्न दिइएको छैन ।

null

आन्दोलनका कारण काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा शुक्रबार पनि सवारी आवागमन ठप्प भएको छ । बानेश्वर चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी भने परिचालन गरिएको छ । 

यसअघि बुधबार र बिहीबार उनीहरू माइतीघरबाट बानेश्वरतर्फ गएका थिए । 

null

आन्दोलनको अगुवाइ गरिरहेको शिक्षक महासंघले आजै सरकारसँग निर्णायक वार्ता गर्ने तयारी गरेको छ । महासंघले सरकारसँग छलफलका लागि वार्ता टोली बनाउने तयारी गरेको छ । 

गृहमन्त्रालयमा शुक्रवार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रीहरूसँगको छलफलपछि महासंघले वार्ता टोली बनाउन लागेको हो ।

महासंघको आन्दोलन परिचालन समितिको बैठक बसेर वार्ता समिति बनाउन लागेको महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्