×

NMB BANK
NIC ASIA

फूटपाथ व्यवसायीको पीडामा साथ

काठमाडौंका मेयर बालेनको 'तानाशाही'विरुद्ध ७७ घण्टा उभिएर धर्ना

काठमाडाैं | असोज ५, २०८०

NTC
Premier Steels

फूटपाथमा व्यापार गरी गुजारा गर्ने गरीब तथा निमुखालाई लखेटेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध युवाहरूले तीन दिनदेखि उभिएर धर्ना दिइरहेका छन् ।

Muktinath Bank

राष्ट्रिय सभागृहमा मंगलवार दिउँसो १ बजेदेखि शुरू भएको धर्ना शुक्रवार साँझ ७७ घण्टा पुग्दैछ । यति लामो समय धर्ना दिँदा पनि नगर प्रमुख बालेन साहले चासो नदिएपछि थप ४८ घण्टा यसैगरी धर्नालाई निरन्तरता दिने उनीहरूको तयारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकमा व्यापार गरेर जीविका चलाउने गरीबमाथि अत्याचार गरिएकाले फरक खालको आन्दोलन गर्नुपरेको अभियन्ता ‘ई’ले बताए । 


Advertisment
Nabil box
Kumari

कोभिड संक्रमणका बेला ‘इनफ इज इनफ’ अभियानको नेतृत्व गरेका ‘ई’ले यो आन्दोलनको अगुवाइ गरिरहेका हुन् । खाना खाने र शौचालय जाने समयबाहेक उनीहरू चौबीसै घण्टा उभिने गरेका छन् । धर्नामा ईसँगै प्रवीण काफ्ले र चाउ न्यौपाने पनि छन् ।

Vianet communication

काठमाडौं महानगरपालिकाको कार्यालय समेत रहेकाले उनीहरूले धर्नाका लागि सभागृह छानेका हुन् । लामो समय उभिएर धर्ना दिँदा उनीहरूको खुट्टा सुन्निएको छ ।

धर्नाको समर्थनमा फूटपाथ व्यापारीहरूले शुक्रवार ऐक्यबद्धता जुलुस निकालेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x