२३ जेठ २०८३, शनिबार
फूटपाथ व्यवसायीको पीडामा साथ

काठमाडौंका मेयर बालेनको 'तानाशाही'विरुद्ध ७७ घण्टा उभिएर धर्ना

असोज ५, २०८०
काठमाडौं
काठमाडौंका मेयर बालेनको 'तानाशाही'विरुद्ध ७७ घण्टा उभिएर धर्ना

फूटपाथमा व्यापार गरी गुजारा गर्ने गरीब तथा निमुखालाई लखेटेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध युवाहरूले तीन दिनदेखि उभिएर धर्ना दिइरहेका छन् ।

राष्ट्रिय सभागृहमा मंगलवार दिउँसो १ बजेदेखि शुरू भएको धर्ना शुक्रवार साँझ ७७ घण्टा पुग्दैछ । यति लामो समय धर्ना दिँदा पनि नगर प्रमुख बालेन साहले चासो नदिएपछि थप ४८ घण्टा यसैगरी धर्नालाई निरन्तरता दिने उनीहरूको तयारी छ ।

सडकमा व्यापार गरेर जीविका चलाउने गरीबमाथि अत्याचार गरिएकाले फरक खालको आन्दोलन गर्नुपरेको अभियन्ता ‘ई’ले बताए । 

कोभिड संक्रमणका बेला ‘इनफ इज इनफ’ अभियानको नेतृत्व गरेका ‘ई’ले यो आन्दोलनको अगुवाइ गरिरहेका हुन् । खाना खाने र शौचालय जाने समयबाहेक उनीहरू चौबीसै घण्टा उभिने गरेका छन् । धर्नामा ईसँगै प्रवीण काफ्ले र चाउ न्यौपाने पनि छन् ।

काठमाडौं महानगरपालिकाको कार्यालय समेत रहेकाले उनीहरूले धर्नाका लागि सभागृह छानेका हुन् । लामो समय उभिएर धर्ना दिँदा उनीहरूको खुट्टा सुन्निएको छ ।

धर्नाको समर्थनमा फूटपाथ व्यापारीहरूले शुक्रवार ऐक्यबद्धता जुलुस निकालेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्