
दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘दुई नम्बरी’ युट्युबबाट सार्वजनिक गरिएको छ ।
गतवर्ष असोजमा प्रदर्शनमा आएको चलचित्र शुक्रवार दिउँसो बुढासुब्बा डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
दीपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको चलचित्रले हलमा राम्रो व्यापार गरेको थियो ।
यो चलचित्रमा दयाहाङ र सौगातका साथमा उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतको अभिनय छ ।
‘दुई नम्बरी’ दुई मिल्ने सिकारी साथीको कथामा बनेको सामाजिक चलचित्र हो ।
यो चलचित्र युट्युबबाट सार्वजनिक भइरहँदा हलमा दीपेन्द्रकै निर्देशन र दयाहाङको शीर्ष भूमिका रहेको चलचित्र ‘नाङ्गो गाउँ’ प्रदर्शन भइरहेको छ ।