
सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सिंहदरबारमा जारी छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, शिक्षामन्त्री अशोक राई लगायतको उपस्थित रहेको वार्तामा आन्दोलनरत शिक्षकहरूले १७ बुँदे माग पूरा गर्नुपर्ने अडान राखेका छन् ।
शिक्षा विधेयकको विरोधमा शिक्षकहरू बुधबारदेखि आन्दोलनमा छन् ।
शिक्षकहरूका तर्फबाट नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधार, सहअध्यक्ष नानुमाया पराजुली लगायतका पदाधिकारीहरू सहभागी छन्।
वार्तामा बस्नुअघि शिक्षा मन्त्रालय र शिक्षक महासंघले सात बुँदे ड्राफ्ट तयार परेका थिए ।
अहिले तीनै बुँदामा केन्द्रित रहेर छलफल जारी छ ।
ड्राफ्टको पहिलो नम्बरमा नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरूको मर्यादाक्रम कायम गर्ने उल्लेख छ ।
