३० जेठ २०८३, शनिबार

सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने

असोज ५, २०८०
काठमाडौं
सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने

सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा शनिबार हुने ‘ध्यानद्वारा ऊर्जा जागरण’ एक दिवसीय कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ । 

गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा भोलि बिहान ७ः३० मा राष्ट्रपति पौडेलबाट उक्त कार्यशालाको समुद्घाटन हुने मन्त्रालयले जानकारी दिएको छ । 

कार्यशालामा अपरान्ह ४ः३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यानलगायत कार्यक्रम जारी रहने जनाइएको छ । उद्घाटन समारोहमा राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यासको महत्वबारे मन्तव्य राख्ने कार्यक्रम रहेको छ । 

कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सबै संवैधानिक निकायका प्रमुख र प्रधानसेनापति प्रभुराम शर्मासमेतलाई आमन्त्रण गरिएको छ ।

गृह मन्त्रालयका सचिवसहित वरिष्ठ अधिकारी र अधिकृत, विभाग र प्रशासन कार्यालयका प्रमुख एवम् अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र वरिष्ठ उपरीक्षकसम्म गरी करिब तीनसय जनाको सहभागिता हुने कार्यशालामा ‘जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिनेछन् ।

गृह मन्त्रालयले ध्यानद्वारा ऊर्जा जागरण कार्यशालालाई स्वजागरण अभियानका रुपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पु¥याउने चरणबद्ध अभियान तय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्