११ साउन २०८३, सोमबार

चीन पुगे प्रधानमन्त्री प्रचण्ड, आजै एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुने

असोज ६, २०८०
काठमाडौं
चीन पुगे प्रधानमन्त्री प्रचण्ड, आजै एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चीन पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर शुक्रबार न्युयोर्कबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङचौं शहरमा पुगेका हुन् ।

हाङचौंको अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ खेलकुद मन्त्री तथा ओलम्पिक कमिटीका अध्यक्ष गाओ जीदानसहित चिनियाँ अधिकारीहरू र चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरे‍ । 

प्रचण्ड आजै एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । यस्तै उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

null

प्रचण्डले असोज ८ गते बेइजिङमा समकक्षी ली छियाङ्सँगसमेत भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ । उनले बेइजिङको पनि भ्रमण गर्नेछन् ।

null

भ्रमणमा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्ड गत भदौ ३० गते न्युयोर्क गएका थिए । न्युयोर्कबाटै चीन भ्रमणमा गएका प्रचण्ड असोज १३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्