विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा एक नवजात शिशु मृत फेला परेको छ । अस्पतालको मेडिकल वार्डको शौचालयमा शनिबार बिहान नवजात शिशु मृत फेला परेको हो ।
अविवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालिएको हुनसक्ने आशंका गरिएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।