०९ साउन २०८३, शनिबार

माग सम्बोधन नभएको भन्दै राहत शिक्षकको आन्दोलन जारी, माइतीघरमा प्रदर्शन

असोज ६, २०८०
काठमाडौं
माग सम्बोधन नभएको भन्दै राहत शिक्षकको आन्दोलन जारी, माइतीघरमा प्रदर्शन

सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज (शनिबार) पनि आन्दोलन जारी राखेका छन् । बुधबारबाट शुरू भएको शिक्षक महासंघको आन्दोलन शुक्रबार सरकारसँग ६ बुँदे सहमति भएपछि टुंगिएको थियो । तर, सहमतिमा राहत शिक्षकले असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् । सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरू आक्रोशित भएका हुन् । 

null

उनीहरूले शनिबार पनि माइतीमा विरोध प्रदर्शन गरिरहेका छन् । शिक्षक महासंघले सरकारसँग गरेको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै विरोध प्रदर्शन जारी राखेका हुन् । 

माइतीघरमा सभा गरी उनीहरूले बानेश्वरसम्म र्‍याली गर्ने तयारी गरेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । संयुक्त आन्दोलन गरे पनि राहत शिक्षकलाई जबरजस्ती पेलेको आरोप लगाएका छन् । 

आइतबारबाट थप सशक्त कार्यक्रम तय गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्