१७ असार २०८३, बुधबार

भारतमा बेचिएका २ किशोरीको उद्धार

असोज ६, २०८०
काठमाडौं
भारतमा बेचिएका २ किशोरीको उद्धार

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ  । 

उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भने, ‘सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा मेरै पहलमा हामीले दिल्लीबाट सफलतापूर्वक उद्धार गर्यौं, यसका लागि शक्ति समूहको महत्वपूर्ण भूमिका छ ।’

बेचिएका किशोरीको उद्धार कार्यको जानकारी गराउँदै शक्ति समूहकी अभियानकर्मी चरिमाया तामाङले बेचबिखनमा परेकालाई स्वदेश फिर्तिको नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या भएको बताइन् । 

‘स्वदेश फिर्तिको स्पष्ट नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या परेको छ, भूकम्पका कारण धेरै बालबालिका बेचबिखनमा परेँ, त्यसपछि उद्धारमा धेरै काम गर्यौं, परिवारले सूचना ल्याएपछि कर्मचारी परिचान गर्दा हामीले १७ नेपाली एकै पटक उद्धार गर्यौं ।

उद्धार गरिएका फेरि २०१८ मा हराए, फेरि दुई वर्षपछि उद्धार गरेर ल्यायौँ, दलालले दिने डर, त्रास, धम्की र प्रलोभनमा पारेर परिवारका सदस्यलाई प्रभावित पार्नेलगायतका विभिन्न समस्याले गर्दा हाम्रा काम प्रभावकारी हुन सकिरहेका छैनन्, यसका लागि मन्त्रालय र मन्त्रीज्यूले आवश्यक पहलकदमी लिइदिनहुन्छ भन्ने आशा छ,’ तामाङले भने । 

सामाजिक अभियानकर्मी इन्द्रराज भट्टराईले उद्धारका लागि अझै प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले बेचबिखनमा पर्न नदिनका लागि सचेतना र सतर्कता अपनाउनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्