
चितवनको माडी नगरपालिकास्थित बैकुण्ठे तालमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।
उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो ।