१० साउन २०८३, आइतबार

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

असोज ७, २०८०
काठमाडौं
एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

१९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार टोलीको बिदाइ गरेका हुन् ।

बिदाइ समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का उपस्थित थिए । क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो ।

null

नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने बिदाइ समारोहमा उपस्थित भएनन् । उनको मुद्दाको पेसी आज तोकिएका कारण उनी टिमसँगै नगएका हुन् । तर, उनीविरुद्धको मुद्दाको सुनुवाइ भने आज स्थगित भएको छ । 

नेपाली टोली आजै हाङ्जाउ प्रस्थान गर्नेछन् । नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्