०५ साउन २०८३, मंगलबार

इजरायलको पश्चिम किनारमा दुई प्यालेस्टिनी मारिए

असोज ७, २०८०
काठमाडौं
इजरायलको पश्चिम किनारमा दुई प्यालेस्टिनी मारिए

इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नुर शाम्स शरणार्थी शिविरमा भएको झडपका क्रममा दुई जना प्यालेस्टिनीको टाउकोमा गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार  २२ वर्षीय ओसैद अबु अली र ३२ वर्षीय अब्दुल रहमान अबु दगासले ज्यान गुमाएका छन् । 

इजरायली सेनाले पनि आतङ्वादविरुद्धको कारबाहीमा दुई जना प्यालेस्टिनी मारिएका पुष्टि गरेको छ । गत वर्षको प्रारम्भदेखि पश्चिम किनारमा इजरायल–प्यालेस्टाइन द्वन्द्व भीषण भिडन्तमा परिणत भएको छ । गत मङ्गबारदेखि त्यहाँ भड्किएको हिंसामा परी कम्तीमा आठ जना प्यालेस्टिनी मारिएका छन् । 

शिविरबाट इजरायली सेनाले भारी मात्रामा विष्फोटक पदार्थ, उपकरण र हतियार बरामद गरिएको एक विज्ञप्ति निकालेर जनाएको छ । शिविरबाट संदिग्ध आतङ्वादीहरूले गोलीसहित  विस्फोटक उपकरणबाट आक्रमण गरेपछि प्रतिरक्षात्मक कारबाही गरिएको स्पष्ट गरेको छ ।  

सन् १९६७ मा ६ दिनको युद्धपछि इजरायलले पश्चिमा किनारमा आफ्नो नियन्त्रण कायम गरेको छ । स्वतन्त्र प्यालेस्टाइन राज्यको माग गर्दै आएका प्यालेस्टिनीहरूले छ दिने युद्धमा कब्जा गरेको सबै भूभागबाट इजरायल फिर्ता  हुनुपर्ने र त्यहाँका यहूदी बस्तीहरू भत्काउनुपर्ने माग गर्दै आएका छन् । 

यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी गठबन्धन सरकारले बस्ती विस्तारलाई अगाडि बढाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्