
भरतपुर महानगरपालिकाले नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगला पर्यटकका लागि खुला गर्न पहल थालेको छ ।
त्यसका लागि आज मन्त्रालयका प्रतिनिधि, भरतपुर महानगर र स्थानीय प्रशासनसहितको टोलीले स्थलगत अवलोकन गरेको छ ।
अवलोकनपश्चात् दियालो बंगला पर्यटकका लागि खुला गर्न सकिने सम्भावनाका बारेमा महत्वपूर्ण छलफल भएको भरतपुर महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

उनका अनुसार नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगलालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महानगरले केही समय अगाडि पर्यटन मन्त्रालय र ट्रष्टको कार्यालयलाई पत्राचार गरेको थियो ।
त्यसपछि आज त्यसकाे सम्भावनाका बारेमा अध्ययन गर्न स्थलगत अवलोकन गरिएको हो ।

