२२ जेठ २०८३, शुक्रबार

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’

असोज ७, २०८०
काठमाडौं
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’

नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ ।​

बैंकको टक्सार महाशाखाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।

महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै सिक्का सार्वजनिक गरेको हो ।

महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण पनि शुरु गरेको छ ।

महाशाखाले दश ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री शुरु गरेको हो । 

null

दश ग्राम सिक्काको रू एक हजार छ सय र २५ ग्राम सिक्काको रू चार हजार निर्धारण गरिएको छ । महाशाखाका अनुसार ​बैंकसँग मौज्दात रहेको चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी बनाइएको हो ।

दुवै सिक्कामा नौ सय ९९ टचको चाँदी प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले दश ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्