२४ जेठ २०८३, आइतबार

राष्ट्रपति पौडेल आज जनकपुर जाँदै

असोज ८, २०८०
काठमाडौं
राष्ट्रपति पौडेल आज जनकपुर जाँदै
फाइल तस्वीर

राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) जनकपुरधाम जाने भएका छन् । राष्ट्रपतिको स्वागतका लागि आ–आफ्नो विद्यालयबाट कम्तीमा ५० जना विद्यार्थी लिएर आउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन)ले आग्रह गरेका छन् । ‘विद्यार्थी भाइबहिनीलाई विद्यालय पोसाकमा देशको झण्डासहित सहभागी गराइदिनुहुन सादर अनुरोध छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्याब्सनका रवीन्द्रकुमार चौधरी र एनप्याब्सनका दीपककुमार ठाकुरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै स्वागतका लागि विद्यार्थी पठाउन आग्रह गरेका हुन् ।

यस्तै राष्ट्रपतिको स्वागतको लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रलाई झकिझकाउ बनाइएको छ । साथै सांस्कृतिक केन्द्रको प्रांगणमा सरसफाइ र वाटर फाउण्टेनलाई समेत आकर्षक बनाइएको छ ।

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणका क्रममा जानकी मन्दिरमा विशेष पूजाअर्चना र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम रहेको सहरी विकास मन्त्रालयअन्तर्गतका सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिए ।

नेपाली सेनाको हवाईजहाजबाट राष्ट्रपति पौडेल काठमाडौँबाट  जनकपुर विमानस्थल पुग्नेछन् । राष्ट्रपति पौडेल दुवै कार्यक्रम पश्चात अपराह्न ३ बजे काठमाडौँ फर्किनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्