
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको छ ।
राजधानी बेइजिङमा दुई नेताबीच सोमबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सोक्रममा दुई पक्षीय हितका साथै विविध विषयमा छलफल भएको बताइएको छ । यसैगरी प्रधानमन्त्रीले चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री दाहाल र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो ।
नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।